जुम टक र छलफल आव्हान !! Vedic Mini-Conference.

जुम टक र छलफल आव्हान

कफ, पित्त र वात वडी – क्वान्टम मेकानिक्स   !!

 

आयुर्वेदमा हुने कफ, पित्त र वात शरीरको क्वान्टम मेटाफिजिक्स र क्वान्टम फिजिक्सको संरचनाको व्याख्या गर्ने उत्कृष्ट वैदिक उपाय थियो।  तिनीहरू यथार्थमा के हुन् र अथर्व वेदमा कति गहिरो गरी त्यसलाई प्रस्ट गरिएको छ त्यो कुरा आज स्वयम धेरै आयुर्वेदिक स्कलर र स्पेसिलिष्टहरु वाट सहज रूपमा बाहिर ल्याउने काम भएको छैन।

यो भिसस साइकल नतोडी आयुर्वेदमा आधारित विज्ञानलाई मानव बृहत्तर हितमा लान सकिन्न। अब समय कफ, पित्त र वातको सम्पूर्ण विज्ञान बारे छलफल गर्ने समय भएको छ।

हाल एकेडेमिक फोरममा समेत कफ, पित्त र वात भनेको के हो भन्ने सन्दर्भमा अत्यन्त हल्का तलका केही श्लोकहरू नै सम्पूर्ण बयान रहेको जस्तो गरी प्रस्तुत हुने गरेको छ। यस क्षेत्रमा विज्ञहरूले आफूलाई वेदमा उल्लेख भएको यथार्थ र आयुर्वेदको त्यसमा भएको व्याख्या बुझ्न र समाजमा जिम्मेवार भएर प्रस्तुत हुन जरुरी रहेको तथ्य मनन गरिरहनु भएको सन्दर्भमा यो जुम टक र मिटिङ सान्दर्भिक बनेको छ।

अल्पकेशः कृशो रूक्षो वाचालश्च मानसः ।

आकाशचारी स्वप्नेषु वातप्रकृतिको नरः ।।

पातलो, छोटो र  रुखो कपाल, दुब्लो पातलो शरीर, बोलिरहने चंचल मन, उडेको र आकाशमा तैरिएको जस्ता सपनाहरु देख्ने लक्षण र विशेषता भएका मानिस वात प्रकृतिका हुन्।

अकाले पलितैर्व्याप्तो धीमान स्वेदी च रोषणः।

स्वप्नेषु ज्योतिषां द्रष्टा पित्तप्रकृतिको  नरः ।।

बुद्धिमान्, समयभन्दा अगाडि नै कपाल फुलेका, शरीरमा पसिना धेरै आउने र सहजै क्रोधित बन्ने,  मध्यम संरचनाको सपनामा प्राय बत्ती देख्ने मानिस पित्त प्रकृतिका हुन्छन्।

गम्भीर बुद्धि स्थूल अंग स्निग्ध केशो महाबलः ।

स्वप्ने जलाशय लोकी कफप्रकृतिको नरः।।

बाक्लो कालो कपाल भएको बलिष्ठ तथा ज्यादा मोटो देखिने, गम्भीर स्वभावका प्राय पानीको सपना देख्ने व्यक्ति कफ प्रकृतिका हुन्छन्।

वैदिक भेला मार्फत हामी यो क्षेत्रमा हाल मिति गोप्य राखिएको हप्ता अन्तको बिदाको दिनमा मात्र २५ जना संलग्न आयुर्विज्ञान, वेद र क्वान्टम मेकानिक्सको क्षेत्रमा रहनु भएको नेपाली विज्ञ र विषय बस्तुको ज्ञान भएका महानुभावहरूबिच लगभग २ घण्टाको प्रजेनटेसन र डिस्कसन गर्ने निधोमा पुगेका छौ।

त्यसमा भाग लिन चाहनु हुने यस क्षेत्रमा चासो भएको र संलग्न भएका साथीहरूले धेरैमा मात्र ५०० वर्ल्डमा आफ्नो सानो परिचय र आफूले कन्ट्रीव्यूट गर्न सक्ने सन्देश सहित आफ्नो डिटेल एक हप्ता भित्रमा pafcanada@gmail.com मा इमेल गर्नु होला।

 

यसमा सहभागी हुन चाहने सबै लाई धन्यवाद छ।

 

सीमित व्यक्तिलाई मात्र यसमा संलग्न हुने अवसर मिल्ने छ।

vedaTalk Program / Conferences

प्रत्येक वर्ष वैदिक भेलाले वेद र विज्ञान बारे नयाँ विचारहरू  साझा गर्न मद्दत गर्नको लागी वेद र विज्ञानका क्षेत्रमा विस्तृत बिचार आदान प्रदान गर्ने गर्दछ। जसमा वेद र विज्ञानका विशेषज्ञ विचारकहरू र त्यसमा रुचि राख्ने व्यक्ति तथा विचारकहरू कर्ताहरूको सभा, सम्मेलन तथा वेद टक जस्ता कार्यक्रमहरू योजना गर्दछ।

हामी वेद र विज्ञानका क्षेत्रमा कार्यरत दिग्गजहरू, शिक्षाविद्हरू, शिक्षकहरू, शोधकर्ताहरू, परोपकारी कार्यमा लाग्नुहुने महानुभावहरू, पर्यावरणविद्हरू, वैज्ञानिकहरू, टेक्नोलोजिस्टहरु, कलाकारहरू तथा वैदिक कार्यकर्ताहरू लाई आफ्नो रुचिको विषय बस्तु बारे प्रस्तुत गर्ने वा प्रस्तुति गरियोस भनी सल्लाह सुझाव पठाउन अनुरोध गर्दछौ।

यदि तपाई वैदिक भेलाले तपाइको प्रस्तुतिको लागि विशेष प्रकृतिको कार्यक्रम आयोजित गरोस ताकि तपैले वेद र विज्ञानको बारे आफ्नो प्रस्तुति वा बिचार राख्न सम्भव रहोस् भन्ने चाहनु हुन्छ भने तपाइको अत्तिवृत्त  (रेजुमी) सहितको कन्सेप्ट पेपर र सोको प्रस्तुतिको लागि चाहिने समय हामीलाई इमेलमा लेखि पठाउनु होला। यदि तपाईँ हाम्रो कुनै पनि कार्यक्रममा भाग लिन चाहनु हुन्छ भने हामीलाई इमेलमा अनुरोध गर्नु होला।

यदि तपाईँ भौतिक रूपमै कुनै सभा वा सम्मेलनहरूमा आउन चाहनुहुन्छ भने तपाईँको सहभागिताको लागि आवेदन आदि जरुरत हुन सक्दछ। हामी हरेक आवेदन हरू पड्दछौँ र जरुरत अनुसार तपाइलाई निम्ता दिने वा नदिने निर्णयमा पुग्ने गर्दछौ। उक्त निर्णयमा तपाइको भन्दा पनि अन्य प्राविधिक पक्षको कारण स्वीकृति वा अस्वीकृति हुने हुँदा त्यसलाई त्यसै रूपमा लिइदिनुहुन अनुरोध गरिन्छ।

सम्पर्क इमेल: pafcanada@gmail.com